३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

धितोपत्र बोर्डले गर्याे दुई मर्चेन्ट बैंकरलाई कारबाही

२२ चैत, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) लाई कारबाहीसहित जरिवाना गरेको छ। धितोपत्र बोर्डले धितोपत्र व्यवसायीका रुपमा काम गर्ने नागरिक लगानी कोष र नबिल इन्भेस्टमेन्ट बैंकिङ (साबिक नेपाल बंगलादेश क्यापिटल)लाई कारबाही गर्दै आर्थिक जरिवाना गरेको हो ।

नागरिक लगानी कोषलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) तथा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २६ को उपनियम (१) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेश नगरेको तथा म्याद थपको लागि निवेदन समेत बोर्डमा ढिला गरि पेश गरेकोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम रु. १०,००० जरिवाना गरिएको बोर्डले जनाएकाे छ ।

इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) तथा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २६ को उपनियम (१) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेश नगरेको तथा म्याद थपको लागि निवेदन समेत पेश नगरि तीन दिन ढिला गरि बार्षिक प्रतिबेदन पेश गरेकोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम रु. १०,००० जरिवाना गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : 16:48