नेप्सेमा ७ लाख ४६ हजार कित्ता ऋणपत्र सूचिकृत
२२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा बैंकको ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचिकृत भएको हो । ऋणपत्र स्टक सिम्बोल ‘इबिएलइबि ८६’ रहेको छ ।
बैंकले १० वर्ष अवधिको ७.५० प्रतिशत व्याजदर भएको ‘ एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित ऋणपत्र निष्काशन गरेको थियो । अब कम्पनीकाे ऋणपत्र भोलीबाट दोस्रो बजारमा कारोबार हुनेछ ।
प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १३:५९












