९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलामा १ लाख ११ हजार पुग्यो

२२ चैत, काठमाडाैं । नेपाली बजारमा आज चैत २२ गते बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।

यसअघि गत चैत ५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार पनि सुनको भाउ तोलमा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँमा काराेबार भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : April 5, 2023 at 11:00 am