२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

थ्री स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

२२ चैत, काठमाडाैं । थ्री स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। कम्पनीले स्थानीय र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएकाे थियाे ।

धितोपत्र बोर्डकाे अनुमतिसँगै अब  कम्पनीले १०० रुपैयाँ अंकित दरका चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ बिक्री निष्काशन गर्नेछ । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

प्रकाशित मिति : April 5, 2023 at 10:40 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/