७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

भर्नुभयाे त ? मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२२ चैत, काठमाडाैं । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज चैत २२ गते बुधबार अन्तिम दिन रहेको छ। कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार हिजो मंगलबार साँझसम्म कम्पनीकाे आईपीओमा १० लाख २९ हजार ४९४ आवेदकबाट १ करोड १५ लाख ३६ हजार ८६० कित्ता सेयरका लागि आवेदन परेकाे छ । जुन मागभन्दा ८.६३ गुणाले बढी हो।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ०९:३८