१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

२२ चैत, काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटडले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको हो।

चैत ८ गतेदेखि चैत ११ गतेसम्म कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। उक्त अवधिभर ८३ हजार २४६ जनाले आवेदन दिएकोमा ८३ हजार २१६ जनाले दिएको आवेदन मात्रै स्वीकृत भएको छ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५७ हजार जना आवेदकले १० कित्ताका दरले आईपीओ हात पारेका छन् भने २६ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

प्रकाशित मिति : April 5, 2026 at 12:20 pm