११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

आज कुन फलफूल तथा तरकारीको कति छ मूल्य ?

२१ चैत, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २४० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी रहेका छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकलबन्दा १० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, भिण्डी ९० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँ पाइने छ । कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २५० रुपैयाँर आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ३५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : 10:49