१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सहकारीको ऋण तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गरौः रामबहादुर जिसी

२१ चैत, बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारीका सदस्यले खाइ नखाई जम्मा गरेको वचतको रकम ऋणका रुपमा लिएर तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्न आव्हान गरेका छन् ।

६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ बागलुङ र बागलुङ नगरपालिकाद्वारा सोमबार बागलुङ बजारमा आयोजित मुख्य समारोहमा बोल्दै जिसीले यस्तो बताएका हुन् ।

सहकारीबाट ऋण लगेर व्यवसाय गरेका, सहकारीकै सहयोगमा आफुलाई आर्थिक रुपमा सक्षम बनाएकाहरु समेत यतिबेला सहकारीका विरुद्ध प्रचार अभियानमा लागेका छन्, सहकारीबाट लगेको ऋण तिर्न पर्दैन भन्दै समुह बनाउदै हिडेको भन्दै जिसीले सहकारीको ऋण तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्नु पर्ने बताएका हुन् ।

सहकारीका सदस्यहरुले आफ्नो गास कटाएर जम्मा गरेको वचत रकमबाट ऋण लगेकाहरुलाई ऋण तिर्न पर्दैन भन्दै हिडेका छन्, जनताको पैसा तिर्दिन भन्नेहरुको संख्या बढ्न थालेको छ, बैंकका सञ्चालक जिसीले भने,–‘सहकारीको ऋण तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्नुका साथै ठाउँका ठाउँ प्रतिवाद गर्नु पर्दछ ।’

विश्वभर देखिएको वित्तीय समस्याको छिटा नेपालको सहकारीमा पनि परेको छ, सहकारीको समस्या सहकारी अभियानका कारणबाट नआएको चर्चा गर्दै उनले समस्या आएको छ, यसलाई समाधान गर्न सक्ने क्षमता पनि सहकारी अभियानसँग भएको बताए ।

प्रकाशित मिति : April 4, 2023 at 10:02 am