२ हजार कित्ता आवेदन दिन सकिने एक कम्पनीकाे आईपीओ बिक्री खुला, क-कसले किन्न पाउँछन् ?
२१ चैत, काठमाडाैं । सिटि होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आज चैत २१ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ६७ हजार ४ सय कित्ता सेयरमा विदेशमा रोजगारी गरिरहेका नेपालीलाई छुट्याइएको छ ।
बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेकाहरु नेपालीले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म र सर्वसाधारणले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म र सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल मार्केट रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार ०९:४२












