२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से


२० चैत, काठमाडाैं । साताको दोस्रो काराेबारकाे दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २० अंकले घटेर १८८८.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०६ अंकले बढेर १८८८.६१ विन्दुमा पुगेको छ।

साेमबार प्रि ओपन सेसनमा ३ स्टकको ९ हजार ३४५ रुपैयाँ बराबरको १२० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १०:५९