१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

छुट्ला है ! इङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२० चैत, काठमाडाैं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओमा आवेदन दिने आज  चैत २० गते अन्तिम दिन रहेकाे छ । कम्पनीले फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानियहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हाे।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैकिंङ लिमिटेड रहेको छ।

स्थानिय बासिन्दाले आयोजना स्थल, सिद्धार्थ बैंक, सिभिल बैंक,लक्ष्मी बैंक, सप्तकाेशी डेभलपमेन्ट बैंक र नेपाल एसबिआइ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् त्यसैगरी, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

प्रकाशित मिति : April 3, 2023 at 10:57 am