१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

नागरिक उन्मुक्ति पार्टीले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा अन्य दललाई समर्थन नगर्ने


२० चैत, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र आज सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १०:४०