१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

ग्लोबल आइएमई बैंकका ग्राहकका लागि ‘ह्याप्पी आवर्स’ योजना सार्वजनिक

१९ चैत, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि ‘ह्याप्पी आवर्स’ योजना सार्वजनिक गरेको छ। यो योजनाअन्र्तगत बैंकका ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।

बैंकले मोबाइल बैंकिङ एप्लिकेसन– ग्लोबल स्मार्ट प्लस गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो।

यस ह्याप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकले क्यासब्याक पाउनेछन्। आज चैत १९ देखि आउँदो वैशाख १६ गतेसम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रतिग्राहक प्रतिदिन एक कारोबारको क्यासब्याकका लागि योग्य हुनेछ।

यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकलाई प्रत्यक्ष रुपमा लावान्भित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। मुलुकको लगभग सबै वित्तीय सूचकांकहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति : April 2, 2023 at 4:04 pm