१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

साफ यू–१८ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग १–० ले पराजित

२१ असाेज, काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएकाे छ ।  भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार भएको उपाधि भिडन्तमा नेपाललाई बंगलादेशले १–० गोलले पराजित गरेको हो।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। तर दोस्रो हाफको सुरुवातमै बंगालदेशले नेपालविरुद्ध गोल गर्दै अग्रता लिन सफल भयो। ४९ औं मिनेटमा बंगलादेशका लागि मसुरा परविनले फ्रिकिक बलमा गोल गरेकी थिइन्। सिक्स यार्डमा रहेकी उनले नेपाल डिफेन्डरलाई छक्काउदै गोल गरेकी थिइन्।

यसअघि सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। बंगलादेशले भने आयोजक भुटानलाई हराउँदै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो।

त्यसअघि समूह चरणमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो। समूह चरणको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो। नेपाललाई बंगलादेशले २–१ गोलले हराएको थियो।

ad

प्रकाशित मिति : October 7, 2018 at 9:15 pm