१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

सगरमाथा जलविद्युतकाे आईपीओ आज बाँडफाँड हुँदै, सेयर पाउने कति ?

१७ चैत, काठमाडाैं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदै छ । कम्पनीले चैत ८ गतेदेखि चैत्र १२ गतेसम्म सर्वसाधारका लागि निष्काशन गरेकाे साधार सेयर (आईपीओ) आज दिउसो ३ः३० बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड हुने हाे।

कम्पनीकाे आईपीओमा १४ लाख ३३ हजार ७७७ जना आवेदकले कुल १ करोड ६० लाख ७६ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन् । याे मागभन्दा ४.४८ गुणा बढी आवेदन हाे । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट सेयर बाँडफाँड गरीने छ । गाेलाप्रथाबाट सेयर बाँडफाँड गर्दा ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने छन् । बाँकी १० लाख ७५ भन्दा धेरै जनाको भने हात खाली हुनेछ ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो । यसमध्ये १० प्रतिशत अर्थात ४ लाख ३६ हजार ८ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता) सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको थियो । बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

प्रकाशित मिति : March 31, 2023 at 10:48 am