२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

अन्तिम काराेबारकाे दिन यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री

१६ चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट देखिएकाे छ । केही दिनदेखि बढेकाे बजार अन्तिम काराेबारकाे दिन भने घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १०.८७ अंकले घटेर १९०८.५५ बिन्दुमा बन्द भएकाे छ ।

सेयर बजार घटेसँगै कारोबार रकम समेत घटेर ८९ करोड ९५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड १२ लाख, जीवन विकास लघुवित्तको २ करोड १४ लाख, एनआइसी एशिया बैंकको २ करोड १३ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : March 30, 2023 at 3:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/