११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

पत्रकारकाे न्यूनतम तलबमा २५ प्रतिशतले वृद्धि

२१ असाेज, काठमाडौँ । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ।

वृद्धि भएको तलब कार्तिक १ गतेबाट लागू हुने सरकारका प्रवक्तासमेत रहेका गाेकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उल्लेख गरेका छन्। अब श्रमजीवि पत्रकारको न्यूनतम तलब २४ हजार ३ सय ७५ पुगेको छ। विगत ३ वर्षयता पत्रकारकाे तलब समायाेजन हुन सकेकाे थिएन।

प्रकाशित मिति : October 7, 2018 at 2:32 pm