२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, हेर्नुहाेस् कुनको कति ?

१५ चैत, काठमाडाैं । विभिन्न दुई लघुवित्त कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज चैत १५ गते बुधबार अन्तिम दिन रहेको छ । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड र विजय लघुवित्त वित्तिय संस्थाकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै लघुवित्तले भोलि चैत १६ गते बुकक्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज चैत १५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यी लघुवित्तको लाभांश पाउन सक्नेछन् ।

१) कालिका लघुवित्त वित्तीय संस्था 

कालिका लघुवित्तकाे १३ औँ वार्षिक साधारणसभा चैत २९ गते पोखराको बुद्धचोकस्थित होटेल टास्क इन्टरनेसनलको सभाहलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

२) विजय लघुवित्त वित्तीय संस्था

विजय लघुवित्तकाे १० औँ वार्षिक साधारणसभा चैत २८ गते नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–८स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : March 29, 2023 at 9:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/