२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

प्रहरी भित्रका धमिरा टिपेर फाल्ने अाइजी खनालको घोषणा

२१ असोज, काठमाडाैँ । नेपाल प्रहरी महानिरीक्षक (अाइजिपी) सर्वेन्द्र खनालले प्रहरी संगठनका धमिरा टिपेर फाल्ने उद्घोष गरेका छन । प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै आईजीपी खनालले केही मान्छेका कारण सिंगो प्रहरी संगठनलाई लान्छना गर्ने काम आफूलाई स्वीकार्य नभएको बताए ।

खनालले भने  ‘केही पदाधिकारीले गर्दा तपाईं हामी र सिंगो संगठनमाथि नै लान्छना आउने गरेको छ,’ उनले अघि भने, ‘त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु । यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’ कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १२:३४