१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

राज्य रेमिट्यान्समा मात्र निर्भर हुँदा अर्थतन्त्रमा सङ्कट आएकाे होः गभर्नर अधिकारी

१४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्य रेमिट्यान्समा निर्भर रहेकोले अर्थतन्त्रलाई चलाएमान गराउन आर्थिक पुनःसंरचनामा लाग्नु पर्ने बताएका छन् ।

मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले राज्य रेमिट्यान्समा मात्र निर्भर हुदा अर्थतन्त्रमा सङ्कट आएको भन्दै आयातलाई प्रतिस्थापन गर्नु पर्ने बताएका हुन् ।

उनले भने,“हामी रेमिट्यान्समा निर्भर भएका छौं । आर्थिक पुर्नसंरचनामा लाग्नु पर्ने हाम्रो प्राथमिकता हो । हामी मौन बस्यौ भने हामी सङ्कटमा पर्न सक्छौ । आयातमा प्रतिस्थापन गर्न सक्ने बस्तुहरुको पहिचान गरेर त्यस बमोजिम कार्य गर्नु अहिलेको आवश्यकता छ ।”

उनले कोभिडको समय पछि रसिया युक्रेनको द्वन्द्वले विश्व अर्थतन्त्रमा ठुलो चाप पारेको भन्दै निमार्ण क्षेत्रमा भएको मन्दीले प्रत्यक्ष रुपमा ठुला खालका उद्योगहरु, सिमेन्ट, स्टील जस्ता उद्योगहरुमा प्रत्यक्ष रुपमा असर परेको बताए ।

उनले आर्थिक सिथिलताले बजारमा नैराश्यता ल्याएको समेत जिकिर गरे । सात महिनाको स्थितीमा ७ दशमलव ८८ प्रतिशत मुल्य बृद्धि सामना गरिरहेको भन्दै २०३९ साल देखि वैदेशिक व्यापार घाटा रहेको तथा उक्त घाटाले आयात र निर्यातमा संकुचन आएको टिप्पणी गरे ।
गभर्नर अधिकारीले आन्तरीक उत्पादन दिगो बनाउन कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषि उत्पादन बढाउनु पर्ने बताए ।

प्रकाशित मिति : March 28, 2023 at 4:16 pm