१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

कुरीलो प्रतिकेजी ४५० रुपैयाँ, आज कति छ अन्य फलफूल तथा तरकारीको मूल्य ?

१४ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँदेखि औसत मूल्य ४५ रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेडाको मूल्य न्यूनतम २५ रुपैयाँ देखि औसत २७ रुपैयाँ ६७ पैसा रहेकोे छ ।

कन्य च्याउको मूल्य हिजोको तुलनामा सामान्य घटेको छ । आज प्रतिकेजी औसत मूल्य १६६ रुपौयाँ तोकिएको छ ।त्यस्तै डल्ले च्याउ औसत २६६ देखि अधिकतम मूल्य २५० रुपैयाँ, घिरौला ११५ रुपैयाँ, चमसूरको साग औसत प्रतिकेजी ११५ रुपैयाँ, रायो साग प्रतिकेजी ५५रुपैयाँ, काक्रो(लोकल)४५ रुपैयाँ, हरियो धनिया प्रतिकेजी ३५ रुपैयाँ, कागती प्रतिकेजी २७० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ रहेको छ । मटरकोशा प्रतिकेजी अधिकतम मूल्य ७० रुपैयाँ निर्धारण गरिएको छ । बरेला प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ,घिउ सिमी (लोकल) ६५ रुपैयाँ,फूजी स्याउ प्रतिकेजी २७५ रुपैयाँ, सलगम प्रतिकेजी ७५ रुपैयाँ, कालो अंगुर प्रतिकेजी १९० रुपैयाँ,हरियो अंगुर १३० रुपैयाँ, अनार २७५, अंम्बा २१०, कुरीलो प्रतिकेजी ४५० रुपैयाँ तथा जुनार २३५ रुपैयाँ प्रतिकेजी औसत मूल्य निर्धारण गरिएको छ ।

प्रकाशित मिति : March 28, 2023 at 10:14 am