५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा दोहोरो अंकको सुधार, तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

१३ चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको घटिरहेकाे बजार साेमबार भने दाेहाेराे अंकले बढ्न पुगेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७० अकंले बढेर १९०६ बिन्दुमा बन्द भएको छ । आज ४३ लाख ८ हजार ६४५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १६७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

साेमबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ५ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सुपर माई, एशियन हाईड्रोपावर र कालिन्चोक दर्शनको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज एक कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । यस दिन नेशनल माईक्रोफाइनान्सको सेयरमा  नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १५:१८