११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?

१३ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ,लोकल सानो गोलभेडा सानो ३० रुपैयाँ, च्याउ प्रतिकेजी१८० रुपौयाँ, डल्ले च्याउ २५० रुपैयाँ, घिरौला ११० रुपैयाँ, चमसूरको साग प्रतिकेजी ११०रुपैयाँ ,कोइरालो प्रतिकेजी १८० रुपैयाँ काक्रो(लोकल) ४० ५० रुपैयाँ , हरियो धनिया ३० रुपैयाँ कागती प्रतिकेजी २६० रहेकाे छ ।

त्यसैगरी , लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ रहेको छ । मटरकोशा प्रतिकेजी ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ,जुनार प्रतिकेजी २२० रुपैयाँ ,मूला सेतो(लोकल) प्रतिकेजी ३५ रुपैयाँ मौसम प्रतिकेजी १५० रुपैयाँ, स्याउ (झोले) प्रतिकेजी २०० रुपैयाँ रहेको छ । सुन्तला(भारतीय) प्रतिकेजी १४० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : 10:13