१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

राष्ट्रपतिलाई सल्लाहकार होइन, विज्ञ मात्र आवश्यक छः रघुजी पन्त्र

१२ चैत, काठमाडाैं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताएका छन् प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उनले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको उल्लेख गरे।

पूर्वमन्त्रीसमेत रहेका पन्तले भने, ‘हालको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र चल्नुपर्छ । कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन ।’

प्रकाशित मिति : March 26, 2023 at 3:36 pm