१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

डिएसपी रार्इ जो मध्यरातमा मात्र घुस खान्थे, अख्तियारको टोलीलार्इ सात पटक ट्वाँ पारे

२० असोज, काठमाडाैँ । महानगरीय प्रहरी वृत्त बाैद्धका डिएसपी श्यामकुमार रार्इको घुस खाने स्टाण्डर्ड शैली रहेको खुलासा भएको छ । रार्इले मध्यरातमा मात्र घुस खाने र अाफ्नो क्षेत्रमा रेकी गरेरमात्र खाने गरेका थिए । उनको घुस खाने समय र तरिका जानकारी पाएपछि अख्तियार दुरूपयोग अनुसन्धान अायोगका कर्मचारी समेत छक्क परेका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृतका अनुसार डिएसपी राईले घुस लिनु अघि आफ्नो क्षेत्रमा रेकी गर्ने, आयोगमै रहेका साथीहरुसँग घुमाउरो तरिकाले बुझ्ने र राती १० देखि १२ बजेमात्र घुस लिने गरेका थिए। रार्इको यही तरिकाका कारण अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोली सातपटक समेत रित्तो हात फर्किएको थियो ।

रार्इविरूद्ध ललितपुरको चापागाउँ प्रमुख रहँदैदेखि घुस लिने गरेको उजुरीको चाङ रहेको छ । उनले ललितपुरको चापागाउँ वृत्तमा रहँदा कार्यालयको आफु बस्ने चौथो तलामा राती १० बजेपछि सेवाग्राही बोलाएर घुस लिन्थे। त्यहाँसम्म पुग्ने च्यानल गेटमा ताला लगाएर घुस रकम लिने र लिएको रकम लुकाउने उनको तरिका थियो। रार्इले कालिमाटी वृत्तमा रहँदा समेत यही शैलीमा घुस खाने गरेका थिए । एकपटक धेरै नै गुनासो अाएपछि तत्कालीन प्रहरी प्रमुख प्रकाश अर्यालले हेडक्वार्टर तानेका थिए ।

प्रकाशित मिति : 23:18