युस्टान काठमाडौँ अध्यक्षमा धमला
२० असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बिश्वबिद्यालय र बिद्यालयमा अध्यापनरत प्राध्यापक–शिक्षकहरुको संगठन बिश्वबिद्यालय प्राध्यापक तथा बिद्यालय शिक्षक एसोसिएसन (युस्टान) काठमाडौको अध्यक्षमा रत्न धमला चयन भएका छन् । केन्द्रीय समितिको पहलमा शनिवार सम्पन्न काठमाडौ जिल्लाको पहिलो भेलालले ३५ सदस्यीय जिल्ला कार्य समिति रसल्लाहकार समिति सर्वसम्मत चयन गरेको हो ।
युस्टान काठमाडौको उपाध्यक्षमा रमिना महर्जन श्रेष्ठ र भाइ कृष्ण बलामी भएका छन् । सर्वसम्मत जिल्ला समितिको सचिवमा कृष्णराज ढकाल, सहसचिवमा अर्जुन दंगाल र सुष्मा नेपाल तथा कोषध्यक्षमा बिष्णुप्रसाद हुमागाइ चयन भएको युस्टानका महासचिव सुर्दशन ढुंगानाले बताए ।

काठमाडौ जिल्लाअन्र्तगतको एक महानगरपालिका र १० बटा नगरपालिकाका नेकपाका नेतासहित नेकपाका केन्द्रीय सदस्यद्धय बिश्वनाथ प्याकुरेल र प्रेमलकुमार खनाल, युस्टानका केन्द्रीय सल्लाहकार डा हेमराज पौडेल, लेखनाथ गुरागाँइ, बेदनिधि निराला लगायतले नवनिर्वाचित समितिलाइ कार्य सफलताको शुभकामना दिएका छन् ।
नेकपा समर्थित बिश्वबिद्यालय देखि बिद्यालयसम्मका देशभरका प्राध्यापक–शिक्षकहरुको संस्था युस्टान समाजवादी शिक्षा आन्दोलनमा सक्रिय संगठन हो । यसअघि ललितपुर र भक्तपुरमा युस्टानको जिल्ला कार्यसमिति चयन भइसकेको छ ।
प्रकाशित मिति : 18:38









