२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

आज पनि बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


१० चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा काराेबार भएको छ।

बिहीबार पनि सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ११:२९

https://srdb.com.np/