२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

तपाईंकाे डिम्याट खातामा आयो त १३.३० प्रतिशत बोनस सेयर ?

१० चैत, काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनिकाे डिम्याट खातामा बाेनस सेयर जम्मा गरिदिएकाे छ । गत पुस २५ गते सम्पन्न बैंककाे १४ औं वार्षिक साधारण सभाले पारित गरेको १३.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् बुकक्लोज गर्नुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीका लागि चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

हालसम्म डिम्याट खाता अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खाता अभौतिकीकरण अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : March 24, 2023 at 11:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/