१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकार सेवामा विशेष छुट

८ चैत, काठमाडाैं ।महालक्ष्मी विकास बैंक लिमिटेडले केबुलकार कम्पनी मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : March 22, 2023 at 12:35 pm