१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

२०० रुपैयाँमा मेरो माइक्रोफाइनान्सको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

८ चैत, काठमाडाैं ।  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज चैत ८ गतेबाट केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ ।  कम्पनीले एनआईसी एसिया बैंकको नाममा रहेको २३ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे । उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले खरिद आवेदन दिन न्यूनतम २०० रुपैयाँ र वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

साे सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। उक्त सेयर खरद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेकाे सेयर कित्ता खुलाई काठमाडाैंकाे बबरमहलस्थित एनआईसी एसिया क्यापिटलमा आवेदन दिन सकनेछन् ।

तोकिएको समयअवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : March 22, 2023 at 12:01 pm