११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

ट्रकको ठक्करबाट माइक्रोबस टुक्राटुक्रा, चार जनाको मृत्यु, १९ जना घाइते

२० असोज, काठमाडाैँ । बाँकेको कोहलपुर–कुसम सडकखण्डको मुगुवाखोलानजिक ट्रकले माइक्रोबसलार्इ ठक्कर दिँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दाङबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख १६६२ को हायस बस र नेपालगञ्ज जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शमशेरगञ्जबाट ६ किलोमिटरपूर्व बाँके राष्ट्रिय निकुञ्ज मुगुवा खोलानजिक ठोक्किँदा माइक्रोमा सवार चार जनाको मृत्यु भएको हो ।दुर्घटनामा १९ घाइते भएको इलाका प्रहरी कार्यालयका काेहलपुर प्रहरी निरीक्षक मानबहादुर जीसीले जानकारी दिए। शिक्षण अस्पताल कोहलपुरमा घाइतेहरूको उपचार भइरहेको उनले बताए।

प्रकाशित मिति : October 6, 2018 at 11:33 am