२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

दुर्इ जनाको ज्यान जानेगरी प्रहरीले छापा मारेको जुवाको अखडालार्इ डिएसपी राईको संरक्षण

२० असोज, काठमाडाैँ । काठमाडाैँको मुलपानीमा शुक्रबार राति दुर्इ जनाको ज्यान जाने गरी छापा मारिएको जुवाको अखडा  महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डिएसपी श्याम राईको संरक्षणमा सञ्चालन हुँदै खुलासा भएको छ । रार्इकै संरक्षणमा  ‘भीआईपी जुवा अखडा’ चलेको जानकारी पाएपछि महानगरीय प्रहरी परिसरले छापा मारेको बुझिएको छ ।

जुवा अखडामा छापामार्न महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएका थिए । जुवा अखडामा छापामार्ने कुराको सुईको बौद्धका डिएसपी राईलाई दिइएको थिएन ।

प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा ४ तला माथिबाट हाम्फाल्ने क्रममा दुई जुवाडेको मृत्यु भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ रहेका छन् । एसएसपी लामाकाअनुसार एक महिलासहित २३ जना पक्राउ परेका छन् । जुवाको खालबाट प्रहरीले ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ । रार्इ माथि फ्रि तिब्बतको मुभमेन्टमा सहभागी भएको अरोप समेत लाग्दै अाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ०९:१८