विजय लघुवित्तले बाेलायाे साधारणसभा, यस्ता छन् पारित हुने एजेण्डा
६ चैत, काठमाडाैं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बाेलाएकाे छ । चैत ५ गते बसेको बैठकको निर्णय अनुसार संस्थाको दशौं वार्षिक साधरणसभा चैत्र २८ गते नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–८स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सभाले संस्थाको संस्थापक सेयर ५१ प्रतिशत नघट्ने गरी बढीमा १० प्रतिशत विन्दुसम्मको सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रयोजनका लागि आवश्यक प्रक्रिया सुरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्नेछ ।
लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १६ गतेदेखि चैत २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : March 20, 2023 at 12:39 pm









