१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

कहिलेसम्म कायम सेयरधनीले पाउछन् एनएमबि लघुवित्तले वितरण गर्ने लाभांश ?

६ चैत, काठमाडाैं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे चैत ५ गते बसेकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १० औँ वार्षिक साधारणसभा वैशाख १५ गते पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव पारित गर्ने छ । साथै सभाले वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १७ गतेदेखि वैशाख १५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : March 20, 2023 at 9:57 am