१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

लेक लागेर खुम्बुमा १ ताइवानी पर्यटकको मृत्यु

१९ असाेज, सोलुखुम्बु । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएकाे छ ।

सगरमाथा आधार शिविर घुम्न गएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थीत लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ।

करीब ४५ वर्षीया च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौँमार्फत घुम्न आएका थिए।

 

प्रकाशित मिति : 14:02