१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सर्वेन्द्रलार्इ प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर प्रहरीको नेतृत्व पुष्करलार्इ दिने तयारी

१९ असोज, काठमाडाैँ । नेपाल प्रहरीको महानिरीक्षक भएको छोटो समयमै सर्वेन्द्र खनाललार्इ हटाउने तयारीले तीव्रता पाएको छ । खनाललार्इ सुरूमै अाइजी बनाउन हुँदैन भनेर लबिङ गर्ने समूह अहिले उनलार्इ हटाउन फेरि सक्रिय बनेको अाजको कारोबारले समाचार लेखेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएका छन । आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै खनाललार्इ बर्खास्त नै गर्नुपर्ने उनीहरूको जोड छ । यद्यपी लेफ्टप्रति सफ्ट भएका खनाललार्इ त्यसरी बर्खास्त गर्दा नकारात्मक सन्देश जाने भन्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर प्रहरीको नेतृत्वबाट विदा गर्ने विकल्प अघि सारिएको छ ।

संगठनलार्इ चलाएमान बनाउन सर्वेन्द्रले केही काम गरेको भए पनि निर्मला हत्याकाण्डमा खनाल अप्ठेरोमा परेका छन । उनलार्इ यस काण्डमा ‘नखाउँ भने दिउँसभर सिकार खाउँ भने कान्छी अामाको अनुहार’ भनेको जस्तो भएको उच्च प्रहरीले स्रोतले जनाएको छ । उनका अनुसार सर्वेन्द्रले अाँट गर्ने हो भने निर्मलाका बलात्कारी २४ घण्टामा प्रहरीको कष्टडीमा पुर्याउन सम्भव छ ।

यता सर्वेन्द्रलार्इ हटाएर प्रहरीको नेतृत्वमा पुष्करलार्इ ल्याउने तयारी छ । पुष्करका निम्ति सुरूमै राष्ट्रपतिको दबाब रहेको चर्चा चलेको थियो । यद्यपी अोलीले एक नम्बरमा रहेका खनाललार्इ अाइजी बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । कार्की अहिले एक नम्बरका अाइजी हुन ।

प्रकाशित मिति : 08:20