७ असार २०८३, आइतबार | Sun Jun 21 2026

तपाईंकाे डिम्याट खातामा आयो त एक कम्पनीकाे ६.५ प्रतिशत बोनस सेयर ?

२९ फागुन, काठमाडाैं । प्रभु बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । बैंकले पुस १४ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट पारित भएको ६.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई मंसिर २९ गतेसम्म डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरेकाे हाे ।

उक्त मिति पश्चात डिम्याट खाता अभौतिकिरण गराएका सेयरधनीहरुको हकमा क्रमश साे बाेनस सेयर जम्मा गरिने बैंकले जनाएको छ । साथै भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा साे सेयर जम्मा हुने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : March 13, 2023 at 10:13 am