१० असार २०८३, बुधबार | Thu Jun 25 2026

प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी न्यूयोर्कमा

–सुरेन्द्रबहादुर नेपाली

१७ असोज, न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुग्नुभएको छ ।
कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली सान होजे जानुभएको थियो । उहाँले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका, प्रतिनिधिमण्डलमा रहनुभएका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ । प्रधानमन्त्री ओली बिहीबार कतार हुँदै काठमाडौँतर्फ प्रस्थान गर्नुहुनेछ ।

प्रकाशित मिति : October 3, 2018 at 5:53 pm