१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उन्नति सहकार्य लघुवित्तले सेयरधनीलाई लाभांश वितरण नगर्ने

२६ फागुन, काठमाडाैं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीकाे फागुन २५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै याे बर्ष सेयरधनीहरुकाे हात खालि हुने छ ।

साथै, उक्त बैठकले आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पेस गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १०:५८