१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी ९ वर्षीया बालिकाको ढिस्कोले पुरिएर मृत्यु

१७ असोज, कञ्चनपुर । माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्षीय जानकी बिष्टको मृत्यु भएको छ । चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 07:17