१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

छुट्ला है ! बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२३ फागुन, काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम रहेकाे छ । कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज फागुन २३ गते अन्तिम दिन रहेको हाे  ।

कम्पनीले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता सेयर निष्काशन गर्न गरेकाे हो। सोमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेकाे छ भने १ हजार ५०० कित्ता सेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : March 7, 2023 at 11:05 am