१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

उदयपुरकी १७ वर्षीया युवती १ महिनादेखि वेपत्ता

१६ असोज, काठमाडौं । उदयपुरकी १७ वर्षीया युवती १ महिनादेखि वेपत्ता भएकी छिन् ।  उदयपुर त्रियुगा नगरपालिका- ७ चकलघाटकी तुलसा पोखरेल २२ गतेदेखि वेपत्ता भएकी छिन् । कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिष्ट्रेशन र्फम भर्न घरबाट हिँडेकी र उनि फर्किएर नआएको दाजु परशुराम पोखरेलले जानकारी दिए । दाजु परशुराम पोखरेलका अनुसार प्रहरीले बहिनीको खोजतलासमा ढिलासुस्ती गरेको  महशुस भएको बताएका छन् ।

माइती नेपाल र विभिन्न अधिकारकर्मीहरुसँग आफूहरुले बहिनीको खोजीको लागि हार गुहार गरेको पनि दाजु परशुरामले सुनाए ।मोवाइलको कल डिटेल र उनले प्रयोग गर्ने फेसबुक हेर्दा घरबाट निस्किएको दिन अर्थात् भदौ २२ गते बिहान जहानसिंह भुजेलसँग निरन्तर फोन सम्पर्क गरेको देखिएको तर, अहिले भुजेलको फोन अफ रहेकेा उनले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार १८:५७