१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

जनउत्थान सामुदायिक लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?

२१ फागुन, काठमाडाैं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा बाेलाएकाे छ ।  संस्थाको फागुन २० गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सभा रुपन्देहीको बुटवल–९ कालिकापथस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश पारीत गर्ने छ ।

साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । आ.व २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेका छन् ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १० गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १३:३७