४ कार्तिक २०८३, मंगलबार | Wed Oct 21 2026

मर्जर प्रस्ताव पारित गर्न दुई लघुवित्तले एकैदिन बाेलाए साधारणसभा

१९ फागुन, काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा गाभ्ने/गाभिने (मर्ज) हुने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बाेलाएका छन् । यी दुबै लघुवित्त कम्पनीहरुले चैत ६ गतेका लागि विशेष साधारण सभा बाेलाएका हुन् ।

खप्तडको सभा होटल नमस्ते, अत्तरीयामा बिहान १० बजे सुरु हुनेछ । यस्तै, धौलागिरीको सभा डिसीआरडिसीको सभाहल उपल्लाचौर, बाग्लुङमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले यी दुबै लघुवित्त एक आपसमा मर्ज हुने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, डिडिएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

हाल खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेको छ । चैत २६ गतेसम्म नेप्सेमा कायम यी लघुवित्तका संस्थापक र सर्वसाधारण सेयरधनीहरुले साे सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : March 3, 2023 at 12:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/