१० असार २०८३, बुधबार | Thu Jun 25 2026

अवैध रूपमा भारतबाट ल्याउँदै गरेको ६१ हजार बराबरको पटाका बरामद

१६ असोज,लहान। प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ६० हजार पटाका बरामद गरेको छ । बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने प्रहरीले जनाएको छ । दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ ।

प्रकाशित मिति : October 2, 2018 at 11:23 am