१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

स्वाभिमान लघुवित्तले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

१७ फागुन, काठमाडाैं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे फागुन १५ गते बसेकाे सञ्चालक समितिको बैठकले आफ्नो छैटौँ वार्षिक साधारणसभा चैत ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित डार्सिज इन्टरनेसनल होटेलमा बिहान ११ बजेबाट सुरू हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजीकाे २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने छ । साथै, सभाले लाभांश वितरणपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : March 1, 2023 at 10:11 am