१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

सङ्कटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेकाे छः सचिव रेग्मी


१४ फागुन, काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव डा. दामोदर रेग्मीले सङ्कटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै वचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले आयोजना गरेको सहकारीको संकटका कारण र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन् ।

सहकारीले आफ्नो मर्म अनुसार काम नगरेका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ । उनले सहकारीका सञ्चालकहरुले बिना धितो ऋण लिने, नियमभन्दा बाहिरको काम गर्ने गर्नाले समस्या आएको बताए । मन्त्रालयले अहिलेसम्म बचतकर्ताको ५० करोड रुपैयाँ फिर्ता गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १७:०३