सपोर्ट लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा विष्णु कान्त चौधरी नियुक्त
१२ फागुन, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा विष्णु कान्त चौधरी नियुक्त भएका छन् ।
कम्पनीको संचालक समितिको बैठकले फागुन ११ गतेदेखि नै लागू हुने गरि चौधारीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १२:२७












