२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

तत्कालीन परमादेशी गठबन्धनको बैठक जारी, न्यायाधीश ईश्वर खतिवडाको विज्ञप्तिको समिक्षा हुँदै

१२ फागुन, काठमाडौँ । तत्कालीन परमादेशी गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच सर्वोच्चका न्यायाधीश एवं तत्कालीन ओली सरकार अपदस्थ गर्ने गरी तयार भएको परमादेशका प्रस्तावक ईश्वर खतिवडाले बिहीबार जारी गरेको विज्ञप्तिको समिक्षा हुँदै गरेको स्रोतले जनाएको छ ।

खतिवडाकै विज्ञप्तिका कारण हिजै ५ बजे बालुवाटरमा बैठक बसेर कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने निर्णय हुन लागेको पनि रोकिएको थियो । पछि तीन दलको छुट्टै बैठक बसेर माधव नेपाललाई राष्ट्रपति बनाउने निर्णय गरेका छन । बैठकमा राष्ट्रपति चयनको विषय र पुरानो गठबन्धन ब्यूँताएर परमादेशका सबै हिसाकिता चुक्ता गर्ने बारेमा गम्भीर छलफल हुने स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

विज्ञप्तिबाट संविधानको व्याख्या गर्दै न्यायाधीश ईश्वर खतिवडाले भने पूर्व न्यायाधीशले राजनीति गर्न पाउँछन

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ०९:४०