५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

विज्ञप्तिबाट संविधानको व्याख्या गर्दै न्यायाधीश ईश्वर खतिवडाले भने पूर्व न्यायाधीशले राजनीति गर्न पाउँछन

११ फागुन, काठमाडाैँ । न्यायाधीश समाजका अध्यक्ष ईश्वर खतिवडाले पूर्व न्यायाधीश राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार हुन पाउनुपर्ने बताएका छन । विज्ञप्ति मार्फत संविधाको व्याख्या गर्दै सर्वोच्च अदालतका न्यायाधीश समेत रहेका खतिवडाले बिहीबार विज्ञप्ति निकाल्दै उनले पूर्व न्यायाधीश पनि राष्ट्रपति वा उपराष्ट्रपति बन्न योग्य रहने भन्दै राजनीति गर्न दिनुपर्ने बताएका छन ।

उनले विज्ञप्ति मार्फत भनेका छन, ‘सेवा निवृत्त न्यायाधीशहरूको सिंगो समूहलाई राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन प्रकृयाबाट अलग वा बाहेक गर्ने नियोजित बहिष्करणको बदनियतपूर्ण दृष्टिकोण स्वतन्त्र न्यायपालिका, कानूनको शासन, संविधानवाद् तथा पूर्वन्यायाधीशहरूको मर्यादा र प्रतिष्ठा आदि कुनै दृष्टिले पनि स्वीकार्य छैनन् । निर्वाचनमा उम्मेदवार हुने वा नहुने भन्ने कुरा पूर्वन्यायाधीशलगायत योग्यता पुगेका आम नेपाली नागरिकको स्वतन्त्रता र इच्छाधीन विषय हो ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : 14:42